रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेसमा आज भरदुतिया पर्व मनाइँदै

[sharethis-inline-buttons]

कार्तिक ६, जनकपुरधाम । मिथिलाञ्चलसहित सम्पूर्ण मधेसमा आज भाईटीकाजस्तै ‘भरदुतिया’ पर्व मनाइँदैछ। यो पर्वलाई ‘भ्रातृद्वितीया ‘भाइदुज’ वा ‘भरदुतिया’ नामले पनि चिनिन्छ। दिदीबहिनी र दाजुभाईबीचको माया, स्नेह र आपसी सम्बन्धको प्रतीकका रूपमा यो पर्व मनाइन्छ। भाइटीका र भरदुतिया बीच केही समानता रहे पनि विधि भने फरक हुन्छ। यस दिन दिदीबहिनीले बिहानै घर आँगन लिपपोत गरी चोख्याउँछन् र आँगनमा पवित्र पिर्का राखी त्यसमा अरिपन बनाएर सिन्दूरको थोपा लगाउँछन्। जुभाइ घर आइपुग्ने बित्तिकै दिदीबहिनीले उनको गोडा पानीले धोइदिन्छिन् र पवित्र पिर्कामा बसाउँछिन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी र फलफूल राखेर पानी चुहाउँदै परिक्रमा गर्ने चलन छ, जसलाई ‘न्यौत दिनु’ भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र गलामा मखमली माला लगाएर दीर्घायु र समृद्धिको कामना गर्छिन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार नगद, लुगा, गहना वा मिठाई जस्ता उपहार दिने प्रथा छ। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा ‘भार’ मिठा पकवानसहितको सनेस लिएर पुग्ने परम्परा समेत छ।मिथिलाञ्चलमा भरदुतिया पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता र पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर