रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

साना किसान कृषि सहकारी संस्था लि.भरतपुरको १९औं वार्षिक साधारणसभा सम्पन्न

[sharethis-inline-buttons]

साना किसान कृषि सहकारी संस्था लि.भरतपुरको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

धनुषा । साना किसान कृषि सहकारी संस्था लि। भरतपुर, धनुषा ९हाल गणेशमान चरनाथ नगरपालिका–१, बीरेंद्रबजारको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । १४०० शेयरधनी सदस्यहरू मध्ये ९८५ जना शेयर सदस्यहरूको उपस्थितिमा सम्पन्न सभाको अध्यक्षता संस्था उपाध्यक्ष रामदेव यादवले गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गणेशमान चरनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादव रहनुभयो भने विशेष अतिथिको रूपमा वन विभागका पूर्व महानिर्देशक तथा संस्था सदस्य ब्रजकिशोर यादव, जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादव, जिल्लाभरका सहकारी संस्थाका अध्यक्ष, प्रबन्धकहरू तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन संस्थाका प्रबन्धक धनेश्वर यादवले गर्नुभएको थियो । सभामा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण र भावी कार्ययोजना प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर