रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शुक्रबार देखि बस्न नसकेको नेपाली कांग्रेसको बैठक आजदेखि बस्न सुरु

[sharethis-inline-buttons]

कात्तिक १८ जनकपुरधाम।

शुक्रबार देखि बस्न नसकेको नेपाली कांग्रेसको बैठक आजदेखि बस्न सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा बैठक २८ असोजदेखि सुरु भएको थियो ।बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।महाधिवेशन चुनावअघि र वा पछि गर्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक आव्हान गर्ने र स्थागित हुँदै आएको थियो । शीर्ष तहका नेताहरुको शनिबार देखि निरन्तर बैठक बसेपनि महाधिवशेनका लागि साझा प्रस्ताव भने सहमति जुट्न सकेन । आज बसेको बैठकमा महामन्त्री गगन थापा चुनाव अघि महाविशेन गर्ने गरी प्रस्ताव लाने तयारीमा छन् ।अर्कोतर्फ, संस्थापन पक्षबाट चुनाव पछि महाधिवशेन हुने गरी कार्यतालिका पेश गर्ने तयारी गरेको नेताहरुले जानकारी गराएका छन् ।सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।
संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर