रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाको बडहरी पुलमा विस्फोट, दुई बालबालिका घाइते

[sharethis-inline-buttons]

अरविन्द महतो,धनुष टिभी ।

धनुषा जिल्लाको मिथिला नगरपालिकास्थित बडहरी पुलमा विस्फोटक पदार्थ विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका छन्।
घाइते हुनेहरूमा मिथिला नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षीया अरुणिमा भुजेल र सोही ठाउँका १२ वर्षीय सुशील माझी रहेका छन्।
घाइते अरुणिमा भुजेलले भनिन्, “एउटा डब्बा जस्तो वस्तु थियो, खुट्टाले छुनु बित्तिकै विस्फोट भयो।”
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले विस्फोटक पदार्थ सामान्य जस्तो देखिएको बताएका छन्।
विस्फोटपछि दुवै घाइतेलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ भने विस्फोट कसरी र किन भयो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर