रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

अनुमति नलिई हेलिकोप्टर लिएर झापा उडेका बालेन ल्यान्ड नगरी काठमाडौं फर्किए

[sharethis-inline-buttons]

काठमाडौँ — बिहीबार काठमाडौंमा मतदान गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा-५ का उम्मेदवार बालेन्द्र शाह आफ्नो निर्वाचन क्षेत्र जान हेलिकोप्टर चढे । तर उनी झापामा अवतरण गर्न पाएनन् ।

उनी सवार हेलिकोप्टर फर्किएपछि के भएको हो भनेर निर्वाचन आयोगसँग बुझ्दा अनुमति नलिएको पाइएको छ । आयोगको नियमअनुसार हरेक दलले एकएक वटा हेलिकोप्टर प्रयोग गर्न पाउँछन् । तर त्यसका लागि सम्बन्धित दलले अग्रिम अनुमति लिनुपर्छ ।

रास्वपाले हेलिकोप्टर प्रयोगका लागि अग्रिम अनुमति नलिएका कारण अवतरण हुन नसकेको आयोगले जनाएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भने, ‘उहाँको दलले हामीसँग हेलिकोप्टर प्रयोगका लागि अनुमति लिएको थिएन ।’

बिहीबार बिहान करिब ९ बजेर ११ मिनेटमा काठमाडौंबाट उडेको हेली एभरेस्ट को 9N-AOB कलसाइन भएको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थियो । अनुमति नभएका कारण निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको थियो ।

शाहको सचिवालयले अनुमति लिनुपर्ने जानकारी आएपछि ल्यान्ड नगरी फर्काइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर