रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मतदानमा उत्साह: पाँच घण्टामै देशभर करिब ३२ लाख मत खस्यो

[sharethis-inline-buttons]

काठमाडौं — जारी प्रतिनिधिसभा उपनिर्वाचनमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। मतदान सुरु भएको पाँच घण्टाभित्रै देशभर करिब ३२ लाख मत खसेको जानकारी निर्वाचन आयोगले दिएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा भइरहेको छ। मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार अहिले विभिन्न जिल्लाबाट मत खस्ने क्रम निरन्तर जारी रहेको छ र दिनभरिमा मतदाता सहभागिता अझ बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर