रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मतपत्रमा हस्ताक्षर नभएपछि स्याङ्जाको एक केन्द्रमा मतदान स्थगित

[sharethis-inline-buttons]

स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका–१० मोदीखोला स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा प्राविधिक त्रुटिका कारण मतदान प्रक्रिया रोकिएको छ।

मतदान अधिकृतले मतपत्रमा आवश्यक हस्ताक्षर नगरेको विषय बाहिर आएपछि मतदान प्रक्रिया स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

घटनापछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको बताइएको छ। छलफलपछि मात्रै मतदान प्रक्रिया पुनः सुरु हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर