रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक आह्वान

[sharethis-inline-buttons]

 

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।
संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनअनुसार परिषद् सचिवालयले २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएको हो।
बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश नियुक्ति सिफारिस रहेको छ। परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। प्रधानन्यायाधीशको स्थानमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको प्रतिनिधित्व रहने प्रावधानअनुसार सोविता गौतम बैठकमा सहभागी हुने जनाइएको छ।
सचिवालयले सबै सदस्यलाई बैठकमा उपस्थित हुन आमन्त्रण गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर