रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

अख्तियारबाट सफाइ पाएपछि लेखा अधिकृत महतो हँसपुरमा हाजिर

[sharethis-inline-buttons]

जनकपुरधाम । अख्तियार अनुसन्धानको प्रक्रियाका कारण केही समय जिम्मेवारीबाट अलग रहेका लेखा अधिकृत सँजीव कुमार महतो पुनः नियमित सेवामा फर्किएका छन्। धनुषाको कमला नगरपालिकाबाट सरुवा भई उनी बुधबार हँसपुर नगरपालिकामा हाजिर भएका हुन्।
कमला नगरपालिकासँग सम्बन्धित एक मुद्दामा अख्तियारको अनुसन्धानमा परेपछि उनले केही समय कार्यविराम लिएका थिए। अनुसन्धान प्रक्रियाबाट सफाइ पाएपछि महतो पुनः सरकारी सेवामा सक्रिय भएका छन्।
हँसपुर नगरपालिकामा यसअघि थप जिम्मेवारीमा कार्यरत रहेका महतोलाई नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा जनप्रतिनिधिहरुले स्वागत गर्दै कार्यभार हस्तान्तरण गरेका छन्।
नगरपालिकाले आर्थिक प्रशासनलाई थप प्रभावकारी बनाउन उनको अनुभव उपयोगी हुने अपेक्षा गरेको जनाएको छ। महतोको आगमनसँगै लेखा तथा वित्तीय व्यवस्थापनका कार्यहरु थप व्यवस्थित हुने विश्वास स्थानीय तहले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर