रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय मटहीमा विद्यालय व्यवस्थापन समिति गठन

 

नागेन्द्र महरा,धनुष टिभी  । धनुषाको सबैला नगरपालिका–७ अन्तर्गत श्री राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, मटहीमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

सम्पूर्ण समाज, अभिभावक, जनप्रतिनिधि तथा शिक्षकहरूको उपस्थितिमा सम्पन्न भेलाबाट विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो।

भेलाबाट चन्देश्वर सहनी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै सत्रुधन दास,  उषा कुमारी देवी मुखिया र प्रमिला देवी शर्मा सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ।

विद्यालयका प्रधानाध्यापक अछुतम कुमार मण्डल सदस्य–सचिव तथा शिक्षक प्रतिनिधिका रूपमा दिनेश कुमार यादव समितिमा चयन हुनुभएको विद्यालयले जनाएको छ।

नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमित उपस्थिति, विद्यालयको भौतिक विकास तथा अभिभावक र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर