रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेपाली कम्युनिष्ट पार्टी कमला नगरपालिकामा एकता तथा समायोजन कार्यक्रम सम्पन्न

धनुषा । नेपाली कम्युनिष्ट पार्टी कमला नगरपालिकाको एकता, समायोजन तथा चियापान कार्यक्रम नगर संयोजक धनेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय नेता रामचन्द्र झा रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रत्नेश्वर गोइत, पूर्वमेयर एवं केन्द्रीय सदस्य उदय बरबरिया यादव, केन्द्रीय सदस्य इन्द्रेव यादवसहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा देवु यादव, बलराम विराजी, रामकिशोर पासमान, नागे साह, इसराफिल राईन, जूक्ती रान, शोभित महतो र सन्तोष मरिकलगायत नेताहरू सहभागी भएका थिए।
स्थानीय नेता, कार्यकर्ता तथा पार्टीप्रति आस्थावानहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा पार्टी एकता, संगठनात्मक समायोजन र आपसी सहकार्यको सन्देश दिइएको थियो।
कार्यक्रमको सञ्चालन वडा नं. ३ का निर्वाचित वडाध्यक्ष एवं नगर सहसंयोजक रामभगत यादवले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर