जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शनिबार कात्तिक २८ गते दिउँसो १ बजे मधेस प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।
स्रोतका अनुसार मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिसकेका छन्। दुवै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ। यसैक्रममा नेकपाबाट सरकारमा सहभागी चार जना मन्त्रीले समेत राजीनामा दिइसकेका छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण देखिएको छ।
यससँगै मधेस प्रदेशमा नयाँ सत्ता समीकरणको चर्चा पनि बढेको छ। शुक्रबार हुने विश्वासको मत परीक्षणले वर्तमान सरकारको निरन्तरता र प्रदेशको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर







