रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

महावीर झन्डा मेला महोत्सव सुरु

[sharethis-inline-buttons]

धनुषा, हंसपुर — हंसपुर नगरपालिका–१, भगवानपट्टीमा आयोजित महावीर झन्डा मेला महोत्सव २०८१ को उद्घाटन गरिएको छ। मेला समितिका अध्यक्ष रामदेव कापरको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले गरेका छन्।
माघ २९ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने यस मेलाको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा रामज्ञान मंडल, सुनिल यादव, पुर्व मेयर राम नारायण कापर, सुशिल साह, देव कृष्ण मंडल, सूर्य नारायण कापर, तथा समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापर लगायतको उपस्थिति रहेको थियो।उद्घाटन समारोहकै दिन पारंपरिक रूपमा कलश यात्रा सम्पन्न भएको छ भने साँझदेखि सांस्कृतिक कार्यक्रमहरू सुरु भएका छन्। मेलामा विभिन्न सांस्कृतिक झाँकी, धार्मिक अनुष्ठान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन्।
पहिलो पटक महावीर झन्डाको महोत्सव आयोजना गरिएको हुँदा स्थानीय बासिन्दामा अत्यधिक उत्साह देखिएको छ। मेला समितिका अनुसार हजारौं दर्शकहरू मेलामा सहभागी हुने अपेक्षा गरिएको छ।
यस भव्य आयोजनाले स्थानीय धार्मिक, सांस्कृतिकमा टेवा पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर