महोत्तरी(मटिहानी, सिमरदहीमा निर्माण हुन लागेको धोबी जातीको सार्वजनिक धर्मशालाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। आज मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल तथा वड़ा अध्यक्ष मदन चौधरीले संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो।
उक्त कार्यक्रममा नगर उप(प्रमुख मंजु देवी साह, कार्यपालिका सदस्य राम पदारथ साह, सुकनी देवी, वडा सचिव चन्देश्वर यादव, दिनेश यादव, ऐबुल राइनज्यू, वडा सदस्य मुलाजिम नदाफ, रत्नेश लाल कर्ण, तथा स्थानिय समाजसेवीहरु योगेन्द्र साह, ललन दुबेदी, कृष्ण बल्लव मिश्र, इन्द्रदेव मण्डल, रबिन्द्र साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
नगरपालिकाका प्राविधिक दिनेश यादवका अनुसार सो धर्मशाला निर्माणका लागि १० लाख रुपैयाँको बजेट छुट्याइएको छ। उक्त योजना वडा स्तरीय विकास योजनाअन्तर्गत सञ्चालन गर्न लागिएको हो।
स्थानीय बासिन्दाहरुले यस योजनाले धोबी समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन्। निर्माण कार्य छिट्टै सम्पन्न गर्ने लक्ष्य रहेको छ।
सिमरदहीमा धोबी जातीको सार्वजनिक धर्मशाला निर्माण कार्यको शिलान्यास
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




