धनुषा, बैशाख ६– मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले हंसपुर नगरपालिका–५ र वडा नं. २ मा गरी दुई महत्वपूर्ण विकास योजनाको शिलान्यास गर्नुभएको छ।
सभामुख मण्डलले हंसपुर–५ मा निर्माण हुने स्वर्गद्वार (श्मशान स्थल) को शिलान्यास गर्नुभएको हो, जसको लागत ५० लाख रुपैयाँ रहेको छ। यस योजनाले स्थानीय जनतालाई अन्त्येष्टि कार्यमा सुविधा पुर्याउने विश्वास लिइएको छ।
त्यस्तै, हंसपुर–२ मा निर्माण हुने खेलकुद मैदान को शिलान्यास समेत मण्डलले गर्नुभएको छ। खेलकुद मैदानको निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसले स्थानीय युवाहरूलाई खेलकुद गतिविधिमा युवाहरूलाई सहभागी गराउन मद्दत पुग्नेछ ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। सभामुख मण्डलले विकास योजनाहरू चरणबद्ध रुपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो छ।




