रामनारायण ठाकुर, काठमाडौं, वैशाख १५ — काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको धरहरामा आधारभूत संरचनाको अभावले सर्वसाधारणलाई ठूलो सास्ती भएको छ। आइतबार दिउँसो करिब ३:४५ बजे धरहरा अवलोकन संचार कर्मी रामनारायण ठाकुर सहित सिरहा, झापा र धादिङका नागरिकहरू लिफ्ट नचलेपछि निराश हुँदै फर्किन बाध्य भएका हुन्।
धरहरामा लाइन बत्ती जानासाथ लिफ्ट पूर्णरूपमा बन्द हुने गरेको छ। यस्तो अवस्थामा जेनरेटरको सुविधा नहुनु व्यवस्थापन पक्षको गम्भीर कमजोरीका रूपमा देखिएको छ। अवलोकन गर्न आएका सर्वसाधारणले ऐतिहासिक र पर्यटकीय महत्व बोकेको संरचनामा जेनरेटर जस्तो आधारभूत प्रविधिको अभाव हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन्।
नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८३२ मा निर्माण गरेको धरहरा तीन पटक भत्किएर पुनर्निर्माण भइसकेको छ। पछिल्लो पटक वि.सं. २०७२ मा गएको विनाशकारी भूकम्पपछि धरहरालाई नयाँ स्वरूपमा पुनःनिर्माण गरिएको हो। हाल धरहराको उचाइ ७२ मिटर ९२२ तला. रहेको छ। यसको माथिल्लो तलामा रहेको अवलोकन डेकबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
तर, अवलोकनका लागि आउने अधिकांश नागरिक लिफ्टमा भर पर्ने हुँदा विद्युत् अवरोध हुँदा उनीहरू धरहरा चढ्न सक्दैनन्। उक्त समस्या समाधान नगरी व्यवस्थापन गरिएको धरहरामा यस्तो असुविधाले राष्ट्रिय गौरवको परियोजनामाथि समेत प्रश्न उठाएको छ।
सर्वसाधारणले धरहरामा तत्काल जेनरेटर जडान गरी लिफ्टको सेवा निरन्तर सञ्चालनमा ल्याउन माग गरेका छन्।

							
                

				
																			
																			
																			
																			
																			
																			
