रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जसपा नेता दिनेश यादवद्वारा जिल्ला अध्यक्षमा उम्मेदवारीको घोषणा

[sharethis-inline-buttons]

धनुषा, २४ वैशाख – जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्लाको आसन्न जिल्ला अधिवेशनको तयारी तीव्र भइरहेका बेला सहिदनगर नगरपालिकाका मेयर एवं जसपा नेता दिनेश प्रसाद यादवले जिल्ला अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन्।

दुई कार्यकालसम्म नगर अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका यादव हाल तेस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा नगर अध्यक्ष चयन भइसकेका छन्। मधेसी जनअधिकार फोरम नेपाल हुँदै जसपा नेपालसम्म सक्रिय राजनीतिमा क्रियाशील रहँदै आएका यादव २०७४ को स्थानीय निर्वाचनमा थोरै मात्र मतान्तरले पराजित भएका थिए। तर दोस्रोपटकको निर्वाचनमा भने उनले अत्यधिक मतान्तरले विजयी भई सहिदनगर नगरपालिकाको नेतृत्व सम्हालेका हुन्।

उनको नेतृत्वमा सहिदनगर नगरपालिकामा उल्लेखनीय विकास भएका कारण जसपा नेपालको संगठनात्मक उपस्थिति थप मजबुत भएको विश्वास लिइएको छ। उम्मेदवारी घोषणा गर्दै यादवले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आसन्न जिल्ला अधिवेशनमा समर्थन र सहयोग गर्न अपिल गरेका छन्।

पार्टी र जनताको विश्वासका आधारमा मैले उम्मेदवारी दिएको छु। संगठन सुदृढ बनाउन र मधेसको हक–अधिकारका लागि अझ प्रभावकारी भूमिका खेल्न चाहन्छु, मेयर यादवले बताए।

धनुषा जिल्लाको जिल्ला अधिवेशन चाँडै हुने तयारीमा रहेकाले अन्य सम्भावित उम्मेदवारहरूको नाम पनि चर्चा हुन थालेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर