रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिकामा निशुल्क एफ.एम.डी.खोप अभियान सुरू

[sharethis-inline-buttons]

सबैला, धनुषा – नेपाल सरकारद्वारा उपलब्ध निशुल्क खोप कार्यक्रम अन्तर्गत गाई, भैंसी तथा अन्य पशुहरूमा लाग्ने खतरनाक रोग विरुद्धको खोप अभियान आजदेखि सबैला नगरपालिका(०१ मा सुरु भएको छ। अन्य वडाहरूमा पनि चाँडै अभियान सञ्चालन हुने जनाएको छ।

सबै नगरवासी पशुपालक किसानहरूलाई आफ्ना गाई(भैंसीलाई समयमा खोप लगाउन आग्रह गरिएको छ। पशुहरूमा एफ।एम।डी। रोगको जोखिम न्यूनीकरण गर्न यो खोप अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।

खोप अभियानको उद्घाटन सबैला नगरपालिकाका मेयर कारीराम यादव, वडा अध्यक्ष मिथिला साह, तथा पशु शाखाका कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा स्थानीय किसानहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।

नगरपालिकाले किसानहरूलाई यो अवसरको फाइदा उठाउँदै आफ्ना पशुलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर