रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

साउदीमा कार्यरत धनुषाका कामेश्वर साह सम्पर्कविहीन, परिवारद्वारा सकुशल घर फर्काइदिन राज्यसँग गुहार

धनुषाको सबैला नगरपालिका–३ निवासी कामेश्वर साह वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेको करिब २३ महिनापछि परिवारसँग सम्पर्कविहीन भएका छन्। घर फर्किने तयारीमा रहेको भन्दै श्रीमतीलाई जानकारी गराएको दिनदेखि नै उनी सम्पर्कविहीन भएको परिवारले जनाएको छ।
साहले सम्पर्कविहीन हुनुअघि श्रीमतीलाई आफू नेपाल फर्किन लागेको बताएका थिए। त्यसपछि उनीसँग फोन सम्पर्क हुन सकेको छैन। साहसँगै काम गर्ने साथीहरूका अनुसार काम सकेर कम्पनीको बसमा सबै कामदार फर्किने क्रममा साहले आफू नेपाल पैसा पठाउन जान लागेको बताएका थिए। तर त्यसपछि उनी कहाँ गए र अहिले उनको अवस्था के छ भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
साह साउदी अरेबियास्थित Saudi Services for Electro Mechanic Works (SSEM) कम्पनीमा कार्यरत रहेको परिवारले जनाएको छ। लामो समयदेखि सम्पर्कविहीन भएपछि सबैला–३ स्थित उनको घरमा परिवारजन चिन्तित र शोकाकुल बनेका छन्।
परिवारले कामेश्वर साहको खोजी गरी उनको अवस्थाबारे जानकारी गराउन तथा सकुशल नेपाल फर्काउन नेपाल सरकार, सम्बन्धित निकाय र साउदीस्थित नेपाली दूतावाससँग आग्रह गरेको छ।
सम्पर्क तथा पहिचान विवरण:
नाम: कामेश्वर साह
राष्ट्रियता: नेपाली
इकामाह/रेसिडेन्ट आईडी: 2583477969
मोबाइल: +966598233530 / +966577432736
कम्पनी: Saudi Services for Electro Mechanic Works (SSEM)
कम्पनी सम्पर्क: +966114625511
परिवारले साहबारे कुनै जानकारी प्राप्त भएमा उल्लेखित मोबाइल नम्बर वा सम्बन्धित निकायमार्फत खबर गरिदिनसमेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर