रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नगर विकास कोष संचालक समितिमा मधेश प्रदेशबाट आतेश सिंह मनोनित

 

पुर्वाधार विकास मन्त्रालयका सचिव अध्यक्ष रहने नगर विकास कोषका संचालक समितिमा सप्तरीको बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंह मनोनित भएका छन् । पुर्वाधार विकास मन्त्रीको साउन २५ गतेको निर्णयअनुसार उनलाई सदस्यमा नियुक्त गरेका हुन् ।
नगर विकास कोष ऐन, २०५३ बमोजिम मधेश प्रदेशबाट उनलाई मनोनित गरिएको छ ।
उक्त ऐन अनुसार सात प्रदेशको प्रतिनिधित्व हुने गरि सात जना नगरप्रमुख वा उपप्रमुखलाई सदस्य राख्ने व्यवस्था छ । त्यसमा कम्तीमा तीन जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

यसका अतिरिक्त सो समितिमा अर्थ मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका राजपत्रअंकित प्रथम श्रेणी प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।
वित्तीय संस्था सञ्चालन क्षेत्रमा विशेषज्ञता हासिल गरेको अर्थ विज्ञ वा इञ्जिनियरिङ्ग विषयमा स्नातकोपाधि हासिल गरी नगर विकास क्षेत्रमा कार्यरत प्राविधिक व्यक्ति वा नगर विकाससँग सम्बन्धित निकायहरु मध्येबाट प्रतिनिधित्व हुने गरी समितिले मनोनीत गरेका दुई जना सदस्य, समावेशिताको आधारमा नगर विकास सम्बन्धी विज्ञता भएका व्यक्तिहरुमध्येबाट मन्त्रालयले तोकेको कम्तीमा एक जना महिला सहित तीन जना र कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर