काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आइतबार बिहान अस्पताल पुगेका राष्ट्रपति पौडेललाई स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सचिव डा। रोशन पोखरेल, अस्पताल निर्देशक किरणकिशोर नकर्मी तथा चिकित्सक टोलीले घाइतेहरूको स्वास्थ्य स्थिति र उपचारबारे जानकारी गराएका थिए।
शनिबार पोखरामा एक कार्यक्रम उद्घाटनका क्रममा आगलागी हुँदा घाइते भएका उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई कीर्तिपुर वर्न अस्पतालको आइसियुमा भर्ना गरिएको छ।
तपाईको प्रतिक्रिया




