रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रकृति लम्सालको हत्याको विरोधमा पर्सामा प्रदर्शन

[sharethis-inline-buttons]

पर्सा, फागुन ६ –अनेरास्ववियु पर्सा जिल्ला कमिटीको आयोजनामा आज पर्सामा प्रकृति लम्साल हत्या प्रकरणको विरोधमा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा अनेरास्ववियु मधेश प्रदेश कमिटीका उपाध्यक्ष जितेन्द्र कुमार यादवले प्रकृति लम्सालको रहस्यमयी हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभयो।

उहाँले भन्नुभयो, हाम्रो नेपालको चेली, हाम्रो नेपालको छोरी, हाम्रो नेपालको विद्यार्थी प्रकृति लम्साललाई न्याय नदिइए नेपाल सरकार र भारतीय दूतावासलाई चुपचाप बस्न दिँदैनौँ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रकृति लम्साललाई न्याय दे’, ‘हत्या प्रकरणको सत्यतथ्य सार्वजनिक गर’ जस्ता नारासहित विरोध जनाएका थिए।

यादवले यदि न्याय नपाए अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो। हामी हातमा दही जमाएर बस्दैनौँ, लम्साललाई न्याय दिन हरेक संघर्ष गर्न तयार छौँ।

प्रकृति लम्सालको हत्या प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानुनी कारबाही गर्न प्रदर्शनकारीहरूले सरकारलाई दबाब दिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर