रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रामजानकी नमूना विद्यालयमा परीक्षा शुल्क विवादस् प्रधानाध्यापकद्वारा विद्यार्थी कुटपिट

[sharethis-inline-buttons]

धनुषा जिल्लाको सबैला नगरपालिका–९ स्थित रामजानकी नमूना विद्यालयमा परीक्षा शुल्क विवादका कारण प्रधानाध्यापकले कक्षा ८ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेका छन्।

विद्यालयमा कक्षा ८ को परीक्षा फारम भर्न २५० रुपैयाँ लाग्ने जानकारी दिइएपछि विद्यार्थीले नगरपालिकाबाट परीक्षा शुल्क उपलब्ध भएको भन्दै शुल्क नतिर्ने बताएका थिए। आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानाध्यापक प्रदीप यादवले पाइपले दुई पटक हानेर कुटपिट गरेको बताइएको छ।

घटनाको जानकारी पाएपछि सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादव विद्यालय पुगेका थिए। उनले विद्यार्थी र शिक्षकसँग कुरा गरेर घटनाको विवरण लिएका छन्।

विद्यालयका एक शिक्षकका अनुसार प्रधानाध्यापक यादवले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम पुकार यादवसँग मौखिक सहमतिमा परीक्षा शुल्क संकलन गरेको बताएका छन्।

धनुषा जिल्लाका विद्यालयहरूमा परीक्षा शुल्क उठाउने विषय नयाँ होइन। पटक–पटक विद्यार्थी र अभिभावकले शुल्क नलिनुपर्ने माग गरे पनि विभिन्न विद्यालयहरूले परीक्षा लगायतका शीर्षकमा शुल्क उठाउने गरेको पाइन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर