फागुन २० जनकपुरधाम । कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका छन । अध्यादेश ल्याउने कुरा नै अलोकतान्त्रिक कुरा हो । तथाकथित दुई तिहाइको अहंकार गर्ने सरकारले सदन आउँदै गर्दा अध्यादेश ल्याउनु नै गलत भएको छ, प्रचण्डले भने । सरकारले संसद अधिवेशन सुरु हुनु भन्दा केही दिन अगाडि मात्रै विभिन्न अध्यादेश जारी गरेको थियो । संघीय संसदको चालु अधिवेशन गत माघ १८ गते सुरु भएको हो । अधिवेशन नरहेका बेला सरकारले ल्याएका ६ वटा अध्यादेश दुवै सदनमा पेस भइसकेका छ्न । तर, दुवै सदनबाट अध्यादेश स्वीकृत हुन बाँकी छ । अध्यादेश स्वीकृत भएपछि मात्रै सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्छ । प्रतिस्थापन विधेयक ल्याएर पास गरेर ऐनमा रुपान्तरित भएपछि मात्रै अध्यादेशले गरेका नयाँ व्यवस्था र संशोधनले दिर्घकालीन रुपमा ऐनको रुप लिन्छ । यसका लागि अधिवेशन सुरु भएको ६० दिनको समयसीमा रहन्छ । तर, अधिवेशन सुरु भएको एक महिनासम्म दुवै सदनबाट अध्यादेश स्वीकृत हुन सकेको छैन । केही अध्यादेश सदनबाट स्वीकृत हुने अवस्था नरहेको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन।




