रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

तराई मधेसमा परालका घरहरू लोप हुने संकटमा, परम्परागत संरचना जोगाउन चुनौती

[sharethis-inline-buttons]

रामनारायण ठाकुर,सिरहा ,फागुन २३ – तराई(मधेसका ग्रामीण भेगहरूमा परम्परागत रूपमा प्रयोग गरिँदै आएका परालका घरहरू लोप हुने अवस्थामा पुगेका छन्। पहिलेको तुलनामा परालबाट निर्माण गरिने घरहरूको संख्या तीव्र रूपमा घटिरहेको छ। आधुनिक निर्माण सामग्री—ईटा, सिमेन्ट, र कंक्रीटको प्रयोग बढ्दै जाँदा यी घरहरू अहिले इतिहास बन्दै गइरहेका छन्।
परालका घरहरू गर्मी मौसममा शीतल र जाडो मौसममा न्यानो हुने भएकाले स्थानीय बासिन्दाहरूका लागि उपयुक्त मानिन्थे। साथै, परालका घरहरू कम लागतमा निर्माण गर्न सकिन्थ्यो। तर, हालको समय सँगै आधुनिक जीवनशैली, सहरीकरण, तथा सुविधाजनक आवासप्रतिको आकर्षणका कारण परालका घरहरूप्रति नयाँ पुस्ताको रुचि घटेको देखिन्छ।
धेरै संस्कृतिकर्मी तथा विज्ञहरू परालका घरहरू केवल भौतिक संरचना मात्र नभएर तराई मधेसको परम्परा, जीवनशैली, र मौलिक पहिचानसँग जोडिएको बताउँछन्। स्थानीयबासी प्रेम यादव भन्छन्, परालका घरहरू हाम्रा पुर्खाले बनाएका परम्परागत संरचना हुन्। तिनीहरू संरक्षण गर्न सके हामी आफ्नो मौलिकता जोगाउन सक्छौँ।
तर, संरक्षणको अभाव, आधुनिक घरप्रतिको आकर्षण, र कच्चा सामग्रीको कठिनाइका कारण परालका घरहरू इतिहासकै पानामा सीमित हुने खतरा बढेको छ।
विशेषज्ञहरूका अनुसार, परालका घरहरूको संरक्षणका लागि स्थानीय तहबाट नीति निर्माण गर्नुपर्छ। साथै, परम्परागत घर निर्माणलाई प्रवर्द्धन गर्दै सरकारी तथा गैर(सरकारी संस्थाहरूले यसको महत्त्वबारे जनचेतना फैलाउनु आवश्यक देखिन्छ।
तराई(मधेसको सांस्कृतिक सम्पदाका रूपमा रहेका परालका घरहरूको संरक्षण गर्न नसकिए, केही वर्षमै यी घरहरू केवल स्मृतिमै सीमित हुनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर