जनकपुरधाम, २०८१ फागुन २३ — ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ अन्तर्गत सर्लाहीमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी जसपा नेपालको कार्यकारिणी सदस्य तथा पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
साहलाई माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन्। उनले साहको आगमनले पार्टीलाई मधेसमा थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
यस अवसरमा नेता साहले देशमा समाजवाद उन्मुख व्यवस्था स्थापना गर्न माओवादीको नेतृत्व आवश्यक रहेको बताए। उनले मधेसमा विद्यमान समस्या समाधानका लागि माओवादी केन्द्र रोजेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। अभियानअन्तर्गत पार्टीले तराई–मधेसमा संगठन विस्तार र जनजागरणलाई तीव्र बनाएको छ।
जनतासँग माओवादी,पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




