रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा मिथिला माध्यमिकी परिक्रमाको भव्य स्वागत

[sharethis-inline-buttons]

धनुषाधाम, फागुन २४ – देवभूमि धनुषाधाममा मिथिला माध्यमिकी परिक्रमालाई भव्य स्वागत गरिएको छ। बाजागाजा सहित श्रद्धालुहरूको ठूलो सहभागितामा धार्मिक लस्कर नगर प्रवेश गरेको हो। धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले स्वयं मिथिला बिहारी जीको डोला बोकेर श्रद्धा प्रकट गर्दै स्वागत गरेका छन्।

प्रत्येक वर्षझैँ यस वर्ष पनि हजारौँ श्रद्धालुहरू परिक्रमा यात्रामा सहभागी भएका छन्। मिथिला बिहारी जी ,किशोरी जिको डोला धनुषाधाम आइपुग्दा स्थानीय बासिन्दा, धार्मिक संघसंस्था तथा नगरपालिकाका उपप्रमुख विद्या देवी भुजेल,वडा न.२ वडा अध्यक्ष लक्ष्मी साह लगाइत प्रतिनिधिहरू र अभियानता प्रमोद कुमार यादवले भक्तिपूर्ण वातावरणमा स्वागत गरेका थिए।

नगर प्रमुख मण्डलका अनुसार धार्मिक लस्करका लागि भोजन, आवास, शुद्ध पानी, स्वास्थ्य सेवा तथा सरसफाइको विशेष व्यवस्था गरिएको छ। यात्रुहरूको सहजताका लागि नगरपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरिसकेको उनले जानकारी दिए।

मिथिला माध्यमिकी परिक्रमा धनुषाधाम आइपुगेसँगै सम्पूर्ण क्षेत्र भक्तिमय बनेको छ। बाजागाजा, भजन(कीर्तन तथा धार्मिक जयघोषले परिक्रमा यात्रालाई अझ विशेष बनाएको छ।

धनुषाधाम हिन्दू धर्मावलम्बीहरूको लागि पवित्र स्थल मानिन्छ। यही ठाउँमा भगवान श्रीरामले शिव धनुष तोडेको धार्मिक मान्यता रहेको छ। त्यसैले, प्रत्येक वर्ष लाखौँ श्रद्धालुहरू परिक्रमा यात्रामा सहभागी हुन यहाँ आउँछन्।

धनुषाधाम नगरपालिकाले श्रद्धालुहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै सम्पूर्ण आवश्यक व्यवस्थापन गरिसकेको छ। स्थानीय समुदाय तथा स्वयंसेवकहरू पनि तीर्थयात्रुहरूको सेवामा जुटेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर