रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

निजीकरण विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत

[sharethis-inline-buttons]

 

२९ फागुन काठमाडौँ । निजीकरण पहिलो संशोधन विधेयक २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिपक्षी सांसदहरूले दर्ता गरेका विरोधका सूचना प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएका छन् । विधेयकमा प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा ,तामाङ, माधव सापकोटा र चित्रबहादुर केसीले विरोधको सूचना दिएका थिए । ती सूचना बहुमतले अस्वीकृत भएका थिए । विधेयक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ ।सरकारले ‘निजीकरण पहिलो संशोधन अध्यादेश २०८१ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज अर्थमन्त्री पौडेलले ‘निजीकरण ,पहिलो संशोधन विधेयक २०८१ विधेयक ल्याउने लागेका हुन् । विरोधका सूचना राख्दै सांसदहरूले राखेका धारणामाथि अर्थमन्त्री पौडेलले जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर