धनुषा, फागुन २८– धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं। ३ मा अवैध उत्खनन भइरहेको खुलासा भएको छ। भरतपुर श्रीरामपुर क्षेत्रमा स्काइभटर प्रयोग गरी बालुवा तथा ग्राभेलको अवैध उत्खनन भइरहेको छ।
स्थानीय तहको जिम्मेवारी भए पनि सोही वडाका नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष उद्वगारी यादवले कमलामाई बालुवा प्रशोधन उद्योगसँग सम्झौता गरी गैरकानुनी उत्खनन गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन्। नाम नबताउने शर्तमा एक स्थानीयले भने, वडा अध्यक्षकै सहमति र उद्योगसँगको मिलेमतोमा स्काइभटर प्रयोग गरी ठूलो मात्रामा उत्खनन भइरहेको छ।
तर, अध्यक्ष यादवले आफूले कानुनी प्रक्रिया नै अपनाएको दाबी गर्दै भने, ग्राभेल निकालेर पुनः माटोले पुर्ने सहमतिअनुसार काम भइरहेको छ।
उक्त अवैध उत्खननको स्थानबाट केही दूरीमै इलाका प्रहरी कार्यालय भरतपुर भए पनि यसबारे प्रशासनको चासो नदेखिएको भन्दै स्थानीयहरू असन्तुष्ट छन्। उत्खननका कारण वातावरणीय असर पर्ने, जमिन कटान बढ्ने, तथा प्राकृतिक स्रोत दोहन हुने जोखिम रहे पनि स्थानीय प्रशासन मौन बसेको गुनासो आएको छ।
यस विषयमा सम्बन्धित निकायले अविलम्ब अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने स्थानीय नागरिकहरूको माग रहेको छ।
धनुषाको गणेशमान चारनाथमा स्काइभटर प्रयोग गरी अवैध उत्खनन
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




