रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिर्चैया नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु, तीन नगरपालिकाका नागरिक लाभान्वित

[sharethis-inline-buttons]

 

मिर्चैया — मिर्चैया नगरपालिकाको पहलमा मिर्चैया, कल्याणपुर, र कर्जन्हा नगरपालिकाका नागरिकहरूको लागि मिर्चैया नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ। यस महत्वपूर्ण कार्यको सुरुवात नगर प्रमुख श्रवण यादवले सेवा ग्राहीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै गरेका छन्।

नगर प्रमुख यादवले नागरिकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने उद्देश्यले मिर्चैया नगरपालिकाले यस अभियानलाई अघि बढाएको बताए। उनले राष्ट्रिय परिचयपत्र नागरिक पहिचानको प्रमुख कागजात भएकाले सबै नगरवासीलाई अनिवार्य रूपमा बनाउन आग्रह गरे।

यस सेवाले विशेष गरी टाढा जानुपर्ने बाध्यता हटाई स्थानीय स्तरमै नागरिकहरूलाई सुविधा पुर्‍याउने विश्वास लिइएको छ। सेवा ग्राहीहरू पनि नजिकैबाटै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा खुशी भएका छन्।

मिर्चैया नगरपालिकाले आगामी दिनमा समेत नागरिक सेवाहरूलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर