रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

SEE परीक्षार्थीहरूलाई भव्य विदाई तथा सम्मान

[sharethis-inline-buttons]

धनुषा, चैत ५– मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालय, झटियाहीमा क्भ्भ् परीक्षार्थीहरूको सम्मान तथा विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, समाजसेवी, शिक्षक(शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा हंसपुर नगरपालिकाका नि। वर्तमान मेयर रामज्ञान मण्डल, तत्कालीन गाविस अध्यक्ष एवं नेकपा एमालेका मेयर प्रत्याशी सुशील साह, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति रामकृष्ण मण्डल, विद्यालयका प्रधानाध्यापक चुलाई ठाकुर, उपमेयर प्रत्याशी शिवकुमारी मुखिया, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा समाजसेवीहरू अतिथिका रूपमा सहभागी भएका थिए।

उक्त अवसरमा वक्ताहरूले परीक्षार्थीहरूलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षा, अनुशासन र परिश्रमको महत्वबारे मार्गदर्शन प्रदान गरेका थिए। उनीहरूले विद्यालयले प्रदान गरेको शिक्षा र अनुशासनलाई जीवनभर आत्मसात् गर्दै अगाडि बढ्न प्रेरित गरे।

कार्यक्रममा परीक्षार्थीहरूलाई फुलमाला, अबिर, डट पेन तथा प्याड प्रदान गरी सम्मान गरिएको थियो। कुल १२३ जना क्भ्भ् परीक्षार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर