रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

विदेह नगरपालिका–५ मुरिबामा दुईदिने महाबीर झण्डा मेला अन्तर्गत दंगल सुरु

[sharethis-inline-buttons]

 

२०८२ वैशाख १२ , धनुषाको विदेह नगरपालिका–५, मुरिबा स्थित श्री श्री १०८ महाबीर झण्डा मेलामा आयोजना गरिएको दुईदिने दंगल (कुस्ती प्रतियोगिता) भव्य रूपमा शुभारम्भ भएको छ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख बेचन दास रहेका थिए भने विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सदस्य लखन दास, वडा नं. ५ का अध्यक्ष राधे श्याम गोईत, वडा सदस्यहरू, मेला समितिका पदाधिकारी, विभिन्न जनप्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

सांस्कृतिक तथा पारम्परिक महत्व बोकेको यस दंगल प्रतियोगितामा देशका विभिन्न स्थानहरूबाट पहलवानहरूको सहभागिता रहेको छ। पहिलो दिनमै रोमाञ्चक खेलहरू प्रस्तुत भई दर्शकहरू उत्साहित भएका थिए।

मेला समिति अनुसार दंगल कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा उत्कृष्ट प्रदर्शन गर्ने पहलवानहरूलाई पुरस्कारसहित सम्मान गरिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर