कार्तिक १७ जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गरेका छन् । आज बिहान ९ .१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले त्रिभुवन विमानस्थलमा पुगेर बिदाइ गरेका छन् ।उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।

							तपाईको प्रतिक्रिया
							
						
						
							
                

				
																			
																			
																			
																			
																			
																			
