रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषा प्रहरी विरुद्व जउबासंघको आन्दोलन, बजार बन्द गरेर विरोध प्रदर्शन

[sharethis-inline-buttons]

कार्तिक १८ जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघ धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा भएको घटनामा निष्पक्ष छानविन र दोषी प्रहरीमाथि कारबाहीको माग जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उतरिएको छ । संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन तथा कुटपिट विरुद्ध जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरु दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन् । जनकपुरधामका व्यापारीहरु बिहान ९ बजेदेखि १२ बजेसम्म आ–आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी बिरोध जनाएका छन् ।त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा नगरमा व्यापारीहरुले बिरोध रैली समेत निकालेका थिए । संघको आह्वानमा जनकपुरधामका व्यापारीहरु पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुण्ड्याएर कालोपट्टी बाँधेर व्यवसाय संचालन गरी ३ दिनसम्म विरोध जनाएका थिए । धनतेरस पर्वको पूर्व सन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा छापा मारेको थियो । छापाको क्रममा एक पसलबाट प्रहरीले ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरु प्रतिवादमा उतरिएका थिए । प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएर व्यापारीहरु प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा प्रहरीको कुटाईबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर