कार्तिक १८ जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा। धवलशमशेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्। राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपराह्न साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो।राणानिकट एक केन्द्रीय सदस्यका अनुसार आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्नका लागि बैठक बोलाइएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन्।
तपाईको प्रतिक्रिया




