रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

हतियार र गोली बरामद भयो भने निर्वाचनमा जान सकिन्छ” एमाले अध्यक्ष चन्देश्वर मण्डल

[sharethis-inline-buttons]

जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले ‘मधेस बहस’ कार्यक्रममा बोल्दै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोली बरामद भएको पुष्टि भए मात्र निर्वाचनमा जान सकिने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

पत्रकार मुकेश कुमार ठाकुरसँगको कार्यक्रममा अध्यक्ष मण्डलले भने, “हामी निर्वाचनका पक्षमा छौं, तर जेनजी आन्दोलनका बेला लुटिएका हतियार र गोलीहरू अझै फेला नपरेसम्म जनताको सुरक्षा सुनिश्चित हुँदैन। बरामद भयो भने मात्रै निर्वाचनको वातावरण तयार हुन्छ, नभए जनता सामु सत्य ल्याउनेछौं।”

उनले आन्दोलनका नाममा भएको लुटपाट, आगजनी र हिंसात्मक घटनाको पनि उल्लेख गर्दै ती घटनाले लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको बताए। मण्डलले थपे, “यदि चुनाव नचाहनेहरूले पुनः वातावरण बिगार्ने प्रयास गरे भने, हामी आन्दोलनका समयमा कसरी लुटपाट र आगजनी भयो भन्ने कुरा प्रमाणसहित जनता सामु ल्याउनेछौं।”

मण्डलले प्रदेशमा शान्ति, स्थिरता र निष्पक्ष निर्वाचनका लागि प्रशासन र सुरक्षा निकायले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, एमाले लोकतान्त्रिक अभ्यास र राजनीतिक संवादमा विश्वास गर्ने दल भएकाले समस्याको समाधान कानुनी र राजनीतिक दुवै माध्यमबाट खोजिनुपर्छ।

कार्यक्रम रेडियो धनुष ९९.७ मेगाहर्जद्वारा प्रसारित ‘मधेस बहस’ अन्तर्गतको विशेष अंक थियो, जसमा मधेसको सुरक्षा, निर्वाचन र राजनीतिक स्थिरताबारे विस्तृत छलफल गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर