रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनमत पार्टी सरकारबाट अलग हुन तयार,पुर्वमन्त्री कुशवाहा

[sharethis-inline-buttons]

जनकपुरधाम । मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा पुगेको जनमत पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री ई. बसन्त कुशवाहाले बताएका छन्।

उनले यस आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत १० हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरिएको भए पनि भागबण्डाको नाममा उक्त मन्त्रालय अरूलाई दिइनु सम्पूर्ण रोजगारी कार्यक्रमलाई अलपत्र पार्ने कदम भएको आरोप लगाए।

कुशवाहाले जनमत पार्टीको उद्देश्यअनुसार सरकारमा सम्मानजनक र सुनिश्चित भूमिका नपाए मधेश प्रदेश सरकारबाट अलग हुन पार्टी तयार रहेको स्पष्ट पारे। उनले जनताको अपेक्षा र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर निर्णय लिन सरकारलाई आग्रह समेत गरे।

जनमत पार्टीले अबको कदम पार्टीभित्र छलफलपछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर