रामनारायण ठाकुर
मिर्चैया, २०८२ पुस ३ गते, बिहीबार
सुशासन, समृद्धि र सामाजिक न्याय भन्ने नाराका साथ उज्यालो नेपाल पार्टीको मिर्चैया नगरस्तरीय विस्तारित बैठक आज सिरहाको मिर्चैयामा सम्पन्न भएको छ।
मिर्चैयाको कटारी चोकस्थित न्यू खुशबु होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न कार्यक्रम उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य ई. तेज नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय नेता डा. दीपक चौधरीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा उज्यालो नेपाल पार्टी सिरहा नगरपालिकाका संयोजक श्रवण पासवान, सह–संयोजक सुमन कामतीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विस्तारित बैठकबाट उज्यालो नेपाल पार्टी मिर्चैया नगर कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन्—
नगर संयोजक: ई. नवीन कार्क
सह–संयोजक: मदन कुमार ठाकुर
सचिव: सेलेन्द्र साह (संजय)
सह–सचिव: अभिनाष यादव
सदस्य: जितेन्द्र साह
सल्लाहकार: विजय साह
बैठकले नवनियुक्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मिर्चैयामा पार्टी संगठनलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ।




