रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेस प्रदेशको सभामुखमा रामआशिष यादवको नाम टुंगो

[sharethis-inline-buttons]

मधेस प्रदेशको सभामुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का सांसद रामआशिष यादवको नाम टुंगो लागेको छ। मधेस प्रदेशका सत्तारुढ दलहरूको संयुक्त बैठकले सभामुखका लागि यादवको नाममा सहमति जुटाएको हो।

सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी पूर्व मुख्यमन्त्री तथा जसपा नेपाल संसदीय दलका नेता सरोज यादवले दिएका छन्। सहमतिसँगै यादव सभामुखमा निर्वाचित हुने प्रबल सम्भावना देखिएको छ।
मधेस प्रदेशमा आइतबार सभामुखको निर्वाचन हुँदैछ। निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुने प्रदेशसभा सचिवालयले जनाएको थियो ।
रामआशिष यादवको राजनीतिक यात्रा पत्रकारिताबाट सुरु भएको हो। उहाँ नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष रहिसक्नुभएको छ। त्यसपछि सामाजिक अभियानमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गर्नुभएका यादव लगातार जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ।
मधेसकेन्द्रित प्रमुख दलका रूपमा परिचित जनता समाजवादी पार्टी नेपाल समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्वको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ। मधेस प्रदेशको राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएको जसपा नेपालका तर्फबाट अनुभवी नेता यादवको सभामुखमा उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर