रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जसपा–लोसपा एकीकरण गर्ने निर्णय

[sharethis-inline-buttons]

धनुष टिभ,काठमाडौ, २०८२ पौष १३।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल एक हुन सहमति गरिएको छ। दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको काठमाण्डौमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेको हो।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतका अग्रमोर्चाका मुद्दाहरूलाई सुदृढ बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्न एकीकृत पार्टी आवश्यक रहेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ।
एकीकरणपछि पार्टी संरचना, नेतृत्व संयोजन तथा कार्ययोजना आगामी छलफलपछि सार्वजनिक गरिने बताइएको छ।
अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव दुबैको संयुक्त नेतृत्वमा भएको सहमतिलाई मधेस केन्द्रित राजनीति र राष्ट्रिय राजनीतिक समीकरणमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर