रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

वैष्णवी बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]

 

सरोज झा।धनुष टिभी,जनकपुरधाम — वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा शनिबार जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, वर्तमान अवस्था तथा भावी योजनासम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी दिनेश शर्माले सहकारीको महत्वबारे प्रकाश पार्दै “आजको लागि मात्र होइन, भोलिको सुरक्षित भविष्यका लागि बचत आवश्यक छ” भन्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीले आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जयनाथ मण्डलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले प्रभावकारी, गुणस्तरीय, सर्वसुलभ वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्न अत्याधुनिक प्रविधिमा आधारित आधा–बैंकिङ सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ तथा एसएमएस सेवामार्फत सदस्यलाई सेवा दिइरहेको छ।
धनुषाधाम नगरपालिका–स्थित नगरपालिकामा रहेको सेवा केन्द्रमार्फत सहकारीले आफ्ना गतिविधि विस्तार गरिरहेको छ।
संस्थाको आर्थिक अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्दै आर्थिक वर्ष २०८०/०८१ मा ८९ लाख ६६ हजार ३ रुपैयाँ नाफा आर्जन गरेको सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा नाफा बढाएर २ करोड २२ लाख १४ हजार ११७ रुपैयाँ पुर्‍याएको जानकारी दिइयो।
कार्यक्रममा विभिन्न सहकारीकर्मी, अतिथि तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर