रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेशमा ‘अन्य’तर्फ महन्थ ठाकुरको उम्मेदवारी दर्ता

[sharethis-inline-buttons]

धनुष टिभ,जनकपुरधाम— राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशको ‘अन्य’ सिटतर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले दर्ता गराएका हुन्। उनको प्रस्तावकमा लोसपाका प्रदेशसभा सदस्य जयनुल राइन र समर्थकमा शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी छन्। मधेशमा दलित, अल्पसंख्यकरअपाङ्ग, महिला र अन्य गरी चार सिटका लागि निर्वाचन हुँदैछ, जहाँ प्रदेशसभातर्फ १०४ र स्थानीय तहतर्फ २६६ गरी कुल ३७० मतदाता छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर