रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

लायन्स क्लब अफ मिर्चैया सिटीद्वारा मिर्चैयामा १२२ थान फाइबर सिरक वितरण

[sharethis-inline-buttons]

लायन्स क्लब अफ मिर्चैया सिटीद्वारा मिर्चैयामा १२२ थान फाइबर सिरक वितरण गरिएको छ।
रामनारायण ठाकुर
२०८२ पुस २५ गते शुक्रबार
मिर्चैया, सिरहा
तराई मधेसमा चिसो र शीतलहरका कारण कठ्यांग्रिदो जाडोले जनजीवन प्रभावित बनेपछि लायन्स क्लब अफ मिर्चैया सिटीले सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा तीन दिनको अवधिमा १२२ थान फाइबर सिरक वितरण गरेको छ।
चिसो तथा शीतलहरको चपेटामा परेका गरिब, विपन्न समुदायका वृद्धवृद्धा, अशक्त तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी मिर्चैया नगरपालिकाभरि १२२ थान फाइबर सिरक वितरण गरिएको लायन्स क्लब अफ मिर्चैया सिटीका अध्यक्ष रामनारायण साहले जानकारी दिनुभयो।
लायन्स क्लब अफ मिर्चैया सिटीका पूर्व अध्यक्ष अशोक साहका अनुसार मिर्चैया नगरपालिकाका वडा नं. १ देखि वडा नं. १२ सम्मका सबै वडामा सिरक वितरण गरिएको हो।
फाइबर सिरक वितरण कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू, रामनगर मिर्चैया उद्योग वाणिज्य संघका नव–निर्वाचित अध्यक्ष भरत महासेठ, लायन्स क्लब अफ मिर्चैया सिटीका पूर्व अध्यक्षहरू अशोक साह, अरुण सिंह, दिनेश साह, डा. शम्भु साह,दिपेश साह, अमर साह, सरोज साह, अनिल पुर्वे, फुलचुन साहलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर