रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा माघ मकर मेला समिति गठन बैठकलाई लिएर जेनजी धनुषाधामको आपत्ति

[sharethis-inline-buttons]

मधेस प्रदेशको धनुषा जिल्ला धनुषाधाम अवस्थित श्री धनुष जनता प्रावि तथा व्यवसायिक विद्यालय, धनुषाधाम नगरपालिका–३ को आयोजनामा भोलि दिउँसो १२ बजे हुने माघ मकर मेला समिति गठन बैठकप्रति जेनजी धनुषाधाम ले आपत्ति जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार यादवद्वारा जारी सूचनामा माघ मकर मेला समिति गठनका लागि जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी, कर्मचारी, बुद्धिजीवी तथा सरोकारवालाहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको थियो। बैठक विद्यालयको प्राङ्गणमा हुने जनाइएको छ।
तर जेनजी धनुषाधामले माघ मकर मेला धनुषाधामको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मेला भएको उल्लेख गर्दै, सबै वडाको सहभागिता अनिवार्य हुनुपर्नेमा आपत्ति जनाएको छ। सूचनामा वडा नं. १, २, ३ र ४ लाई मात्र समेटिएको भन्दै अन्य वडालाई बेवास्ता गरिएको आरोप उनीहरूको छ।
जेनजी धनुषाधामका प्रतिनिधिहरूले यस्तो ऐतिहासिक मेलामा सम्पूर्ण वडाको समान सहभागिता सुनिश्चित गर्न आयोजक पक्षसँग माग गरेका छन्। सबै सरोकारवालाको सहभागिताबाट मात्रै मेला थप व्यवस्थित, समावेशी र सफल हुने उनीहरूको धारणा छ।
अब आयोजक पक्षले यस विषयमा कस्तो निर्णय लिन्छ भन्नेमा स्थानीयवासीको ध्यान केन्द्रित भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर