जनकपुरधाम । मौन अवधिका बीच सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको आरोपमा नेकपा एमाले उम्मेदवार रामचन्द्र मण्डलका ज्वाई रमेश मण्डल पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपालको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट बा.प्र–०१–००३२ च ७८९४ नम्बरको चारचक्के गाडी सहित उनलाई नियन्त्रणमा लिइएको हो। स्रोतका अनुसार उक्त नम्बर नक्कली रहेको आशंका गरिएको छ।
मधेश प्रदेशका डिआइजी कृष्ण ढकालले गाडी र चालक नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले पनि घटना पुष्टि गरेको छ। गाडी र सम्बन्धित व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धनुषाधाममा बुझाइएको बताइएको छ।
(नेपाल प्रेस डटकमबाट सभार)
तपाईको प्रतिक्रिया




