काठमाडौँ — धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिट दर्ता भई फागुन २५ गते पेसी तोकिएको छ, जबकि प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा हुँदैछ।
साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले निर्वाचनको दुई दिनअघि खारेज गरेको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेकाले उम्मेदवारी रद्द गरिएको हो। साहले वैयक्तिक विवरणमा कमल निर्माण सेवामा सेयर होल्डर रहेको उल्लेख गरेका थिए।
तपाईको प्रतिक्रिया




