रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्राध्यापक डा.पवनकुमार मण्डललाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान

[sharethis-inline-buttons]

काठमाडौं, ११ वैशाख । समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका प्राध्यापक डा। पवनकुमार मण्डललाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान गरिएको छ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सिजन मिडिया प्रा.लि.द्वारा आयोजित विशेष कार्यक्रममा डा. मण्डललाई सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।
शिक्षा, समाजसेवा तथा जनचेतनामूलक अभियानमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय डा. मण्डललाई यस अवार्डले थप प्रेरणा दिएको बताइएको छ। कार्यक्रममा सामाजिक अभियन्ता, विभिन्न पेशागत क्षेत्रका प्रतिनिधि तथा संघसंस्थाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित भई डा. पवनकुमार मण्डलसहित विभिन्न व्यक्तित्वलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए।
आयोजक सिजन मिडिया प्रा.लि.का अध्यक्ष प्रदीप राज वन्तले समाजमा सकारात्मक परिवर्तन ल्याउने व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर