रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बोदेबरसाइनबाटै सवारी चालक अनुमतिपत्र सेवा

धनुष टिभी, सप्तरी। बोदेबरसाइन नगरपालिकाबाटै सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

उक्त सेवाको व्यवस्थापनका लागि विशेष पहल तथा सहजीकरण गरेकोमा नगर प्रमुख आतेश सिंह यादवले यातायात व्यवस्था कार्यालय, सप्तरी र कार्यालय प्रमुख शशी यादवप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

नगरपालिकाबाटै सेवा उपलब्ध भएपछि स्थानीय सेवाग्राहीको समय, खर्च र अनावश्यक झन्झट कम हुने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर