रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

लक्ष्मीनियामा चक्काजाम, जनकपुर–ढल्केवर सडकखण्डमा यातायात अवरुद्ध

[sharethis-inline-buttons]

धनुषा । धनुषाको लक्ष्मीनिया क्षेत्रमा स्थानीयवासीले सडकमा चक्काजाम गरेपछि जनकपुर–ढल्केवर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी साधनको लाम लागेको छ भने यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ। स्थानीयले आफ्ना मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सडक अवरोध गरेको जनाइएको छ। घटनास्थलमा प्रहरी पुगेर अवस्था सामान्य बनाउन पहल गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर