काठमाडौं, साउन ९ — प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ।
साउन ९ गते भएको सहमतिअनुसार दुवै दलले सबै प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ।
यस्तै मधेस र गण्डकी प्रदेश मा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिमा उल्लेख छ।
उक्त सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।
एमाले–नेकपा बीच ३ बुँदे सहमति, प्रदेशमा संयुक्त सरकार गठन गर्ने
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






